Prakash Adhikari November 3, 2020

पोखरा(कास्की), १८ कार्तिक । नेपाली कांग्रेसबाट संघीय संसदको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुहुने सांसद तथा पार्टीका आमन्त्रित केन्द्रीय सदस्य एवम् प्रसिद्ध उद्योगपति सूर्यबहादुर के.सी.को निधन भएको छ ।

सोमबार राति उहाँको आफ्नै निवास पोखरामा निधन भएको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उहाँको निधनमा एक शोक वक्तव्य प्रकाशित गर्दै उहाँको निधनले नेपाली कांग्रेस पार्टीलाई अपुरणीय क्षति भएको तथा राष्ट्रले एक सच्चा इमान्दार र कर्मठ उद्योगपति गुमाएको बताउदै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्नुभएको छ ।

उहाँको निधनमा प्रधानमन्त्री के.पी.ओलीले समेत दुःख व्यक्त गर्दै उहाँमा श्रद्धासुमन अर्पण गर्नुभएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मासहित धेरै नेताहरुले उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

पोखराको औद्योगिक विकासमा महत्वपूर्ण योगदान गर्नुभएका उद्योगपति के.सी. क्षेत्री समाज नेपालको संरक्षक पनि हुनुहुन्थ्यो ।

Share Now

Leave a comment.