
काठमाडौं, १८ कार्तिक । अचेत अवस्थामा भेन्टिलेरमा राखेर उपचाररत नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद मीन विश्वकर्माको होश खुलेको छ र उहाँको कोरोना भाइरस संक्रमण पनि हटेको छ ।
कोरोना संक्रमणमा निमोनिया समेत थपिएपछि चारदिनदेखि ग्राण्डी अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहनुभएका नेता विश्वकर्माको आज मंगलबार दिउँसो होस खुलेको, फोक्सोमा रहेको इन्फेक्सन समेत निको हुने क्रममा उहाँ सहयोगी आकाश उप्रेतीले बताउनुभएको छ।
फोक्सोको काम गर्ने क्षमतामा पनि बृद्धि हुँदै गएको र उहाँले हात र टाउको समेत हल्लाउनु भएको बताएका छ ।
कोरोना संक्रमण देखिएपछि कात्तिक २ गतेदेखि घरमै आइसोलेसनमा बस्नुभएका पूर्वमन्त्री विश्वकर्माको स्वास्थ्यमा समस्या देखिएपछि कात्तिक १० गते वीर अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो। उहाँको अवस्था कमजोर बन्दै गएपछि कात्तिक ११ गते साँझ ग्राण्डी लगेर आईसीयूमा राखी उपचार गरिएको थियो । पछि निमोनिया समेत देखिएपछि चारदिनअघि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।