
आबुधाबी(संयुक्त अरब इमिरेट्स), २२ कार्तिक । भारतको चर्चित टी २० क्रिकेट लिग इण्डियन प्रिमियर लिग(आईपीएल) को १३ औं संस्करण अन्तरगत शुक्रबार राति भएको इलिमिनेटर चरणको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई सनराइजर्स हैदरावादले ६ विकेटले पराजित गरेको छ । यो विजयसंगै हैदराबाद दोश्रो क्वालिफायर चरणमा प्रवेश गरेको छ ।
शेख जायद स्टेडियम अबुधाबीमा सम्पन्न खेलमा बैंगलोरले दिएको १ सय ३२ रनको लक्ष्य हैदरावादले ४ विकेट गुमाएर १९.४ ओभरमा हासिल गरेको थियो।
हैदरावादको लागि केन विलियमसनले ५०, जेसन होल्डरले २४, मनिष पाण्डेले २४ तथा डेभिड वार्नरले १७ र प्रियम गर्गले ७ रन बनाएका थिए।
Kane Williamson's 33rd T20 half-century and an all-round masterclass from Jason Holder helped SunRisers Hyderabad beat RCB by six wickets in the Eliminator of the IPL on Friday.https://t.co/MVNM3bTrzW
— Bangalore Mirror (@BangaloreMirror) November 6, 2020
बैंगलोरको बलिंगमा मोहम्मद सिराजले २ तथा एडम जम्पा र युजभेन्द्र चहलले समान १ । १ विकेट लिए।
बंंगलोरको ब्याटिड.
टस हारेर ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो।
बैंगलोरको लागि एबि डी भिल्लीयर्सले सर्वाधिक ५६ रन बनाए भने आरोन फिन्चले ३२ रन बनाए।खेलमा शिभम दुबेले ८, कप्तान बिराट कोहलीले ६, देभदत्त पडिक्कलेले १ रन बनाए। नभदीप सैनीले अविजित ९ तथा मोहम्मद सिराजले अविजित १० रन बनाए।
बैंगलोरलाई रोक्ने क्रममा हैदरावादका जेसन होल्डरले ३ विकेट लिए भने टी नटराजनले २ विकेट तथा शाहबाज नदीमले १ विकेट लिए।
शुक्रबारको हारसंगै बैंगलोरको पहिलो आईपीएल उपाधि जित्ने सपना सकिएको छ।
लिगमा बैंगलोरको यो लगातार पाँचौ हार हो। यस अघि लगातार ४ हार बेहोरेता पनि लिगको चौथो स्थानमा रहँदै बैंगलोर प्लेअफ प्रवेश गरेको थियो।
हैदरावादको लिगमा यो लगातार चौथो जित हो।
हैदरावादले दोश्रो क्वालिफायरमा फाइनल प्रवेशको लागि दिल्ली क्यापिटल्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार अबुधाबीमा खेलिनेछ।
मुम्बईले दिल्लीलाई पहिलो क्वालिफायरमा पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ।