Prakash Adhikari November 7, 2020

 

विल्मिड.टन, डेलावर (संयुक्त राज्य अमेरिका), २२ कार्तिक(एजेन्सी) । अमेरिकी राष्ट्रपतिका डेमोक्रयाटिक उम्मेद्बार जो बाइडनले आफ्नो गृह नगर विल्मिड.टबाट अमेरिकी मतदाताहरुलाई संबोधन गर्नुभएको छ ।

निर्वाचनको लागि निर्णायक र रणसंग्राम राज्य मानिएको पेन्सिलभिलियामा आफ्नो अग्रता बढ्दै गएको समयमा उहाँले सम्बोधन गर्नुभएको हो ।

आफ्नो संक्षिप्त संबोधनमा भावि राष्ट्रपतिको दौडमा लक्ष्य निकट पुग्नुभएका बाइडनले निकै सन्तुलित र मननयोग्य अभिव्यक्ति दिनुभएको थियो ।

उहाँले जारी निर्वाचनमा आफू निर्वाचित हुने विश्वास प्रकट गर्नुभयो ।

उहाँले अमेरिकी जनताले विश्वासपूर्वक दिएको यो अवसरलाई अमेरिकी जनताको भविष्य सुनौलो बनाउने अवसरको रुपमा सदुपयोग गर्ने पनि बताउनुभएको थियो ।

उहाँले आफू अमेरिकाको राष्ट्रपति भएपछि सबै नागरिकलाई समान व्यबहार गर्ने र प्रतिपक्षी र प्रतिस्पर्धी भए पनि शत्रुताको व्यवहार नगर्ने बताउदै मुलुकलाई संयुक्त राज्यको रुपमा अझ एकीकृत र मजबूतबनाउने बताउनु भयो ।

उहाँले यो निर्वाचन हुन नदिने प्रयास गरिएको भए पनि आफू लोकतान्त्रिक मूल्यमा अडिग रहेर निर्वाचन गराउन प्रतिबद्ध रहेको र यसले लोकतन्त्रकाप्रति अमेरिकाको विश्वास अभिबृद्धि गरेको पनि बताउनुभयो ।

यो निर्वाचनमा डेमोक्रेटिक पार्टीको रंगले मुलुक बलियो बनेको बताउदै भन्नुभयो,अहिले देशमा निलो पर्खालहरु मजबुत बन्दै गइरहेका छन् ४ बर्षपहिले भासिदै गएका थिए ।

उहाँले अमेरिका अहिले कोरोना भाइरसको संक्रमणको महामारी, रंगभेद , सामाजिक न्याय, जलवायु परिवर्तन जस्ता समस्यहरुसंग जुध्न परेको बताउदै आफू निर्वाचित भएपछि राष्ट्रलाई विभाजित हैन एकीकृत गरेर अगाडि बढाउने बाचा गर्नुभएको छ ।

उहाँले आफ्ना पछाडि प्रजातन्त्रमा विश्वास गर्ने अमेरिकाका शक्तिशाली जनता भएकोले आफूलाई विजयमा विश्वास भएको उल्लेख गर्दै भन्नुभयो, ‘२४ घण्टा अगाडि हामीहरु जर्जिमा पछाडि थियौ, अहिले अग्रता लिइरहेका छौ । २४ घण्टा पहिले हामी पेन्सिलभेनियामा पनि पछाडी थियौ तर अहिले हामी जित्न गइरहेका छौ ।हामी एरिजोना र नेभादामा पनि जित्न गैरहेका छौ ।हामी ३ सय भन्दाबढी निर्वाचक मतले जित्दै छौ ।’

Image

पहिले निर्वाचनको दिन भएका विद्युतीय मतहरुको गणनामा रिपब्लिकन पार्टीका उम्मेद्वार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा गएको जस्तो देखिएको सो राज्यामा मतदानको दिन पहिले अग्रिम मतदान गरी हुलाकबाट पठाइएका मतहरुको गणना गर्दा अहिले उहाँले सो राज्यमा २८ हजार ८ सय ३३ मतको अन्तरले अग्रता लिइरहनुभएको छ ।

सीएनएनका केल्भिन फ्लावरले जनाए अनुसार अर्को मतगणना भैरहेको राज्य नेभादामा १ लाख २४ हजार ५ सय मत गणना हुन बाँकी छ ।

सीएनएनले एरिजोनाको मरिकोपा काउण्टीको मतगणनामा बाइडनको मतान्तर खुम्चिदै गएको बताएको छ । यहाँको सार्वजनिक परिणाममा बाइडनले १० लाख ४ हजार ३ मत पाउनुभएको छ भने ट्रम्पले ९ लाख ५० हजार ५ सय ३ पाउनुभएको छ । पहिले यहाँ बाइडनले झण्डै ६० हजार मतको अग्रता लिनुभएको थियो ।

Share Now

Leave a comment.