Prakash Adhikari October 29, 2025

काठमाडौं, १२ कार्तिक । सोलुखुम्बुको लोबुचेमा आज बिहान अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा परेको छ।

पर्यटकको उद्धारका लागि गएको हेलिकप्टर अवतरण गर्ने क्रममा हिउँमा चिप्लिएर दुर्घटना भएको हो। दुर्घटनामा परेको हेलिकोप्टरका पाइलट विवेक खड्का सकुशल रहनुभएको बताइएको छ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लीलाकुमारी केसी पाण्डेले अवतरण गर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको जानकारी दिनुभयो।

जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका डीएसपी मनोजित कुँवरका अनुसार दुर्घटनामा परेको हेलिकप्टरको कल साइन नाइन एन एमएस हो र त्यसमा पाइलट खड्का मात्र सवार थिए।

हिउँमा फसेका पर्यटकको उद्धारका लागि काठमाडौंबाट उडेको हेलिकप्टर आफैँ दुर्घटनामा परेको हो। पाइलट खड्काको उद्धारका लागि लुक्लाबाट कैलाश एयरको अर्को हेलिकप्टर लोबुचेतर्फ पठाइएको प्रहरीले जनाएको छ।

Share Now