Prakash Adhikari August 25, 2023

 

काठमाडौं, ८ भाद्र। प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चार्टर्ड एकाउण्टेन्ट संजीव मानन्धर नियुक्त हुनुभएको छ ।

कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले मानन्धरलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरले ऐनको दफा १२७ बमोजिम आजै सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो।

अध्यक्ष श्रेष्ठले मानन्धरको नेतृत्वमा बैंकले उत्तरोत्तर प्रगति गर्ने आशा व्यक्त गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

स्थापनाकालदेखि नै बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत मानन्धर यसअघि कामु सीइओ हुनुहुन्थ्यो । मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्षभन्दा लामो अनुभव छ ।

तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंकबाट बैंकिङ करियर शुरु गर्नुभएका चार्टर्ड एकाउण्टेण्ट मानन्धरसंग राष्ट्रिय वाणिज्य बैंकमा विदेशी व्यवस्थापनसँग आवद्ध रहेर काम गरेको अनुभव छ ।

Share Now

Leave a comment.