सानेपा (ललितपुर), १० भाद्र । नेपाली कांग्रेसले आयोजना गरेको पोलिसी ह्याकथनको फाइनल कार्यक्रम शनिवार पार्टीको केन्द्रीय कार्यालय, सानेपामा सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयले Gig Economy र मा पोलिसी ह्याकाथनका लागि स्वदेश तथा विदेशबाट अनलाइन आवेदन आह्वान गरेकोमा न्ष्न नीति पत्र पठाउने २२७ टिम मध्येबाट छानिएका १० उत्कृष्ट टिमले आजको कार्यक्रममा आफ्नो नीति पत्र प्रस्तुत गरेका थिए । ७ जना निर्णायक मण्डलले छनौट गरेका ३ वटा टिमलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो सम्बोधन पश्चात पुरस्कार र कदर पत्र प्रदान गर्नु भएको थियो ।
“Empowering Nepal’s Gig Economy: A Comprehensive Approach to Worker Classification, Social Protections, and Regulation” विषयको टिमले तीन लाख; “SUSTAINABLE SOCIAL SECURITY PROTECTION FOR GIG WORKERS” विषयको टिमले एक लाख पचास हजार र “ Harnessing Aquifers Recharging Ground waters in Cities of Nepal” विषयको टिमले पचास हजार पुरस्कार राशी प्राप्त गरेका छन् ।
कार्यक्रमको प्रारम्भमा महामन्त्री विश्वप्रकाश शर्मा र पोलिसी ह्याकथन कार्यक्रमका संयोजक एवं सहमहामन्त्री जीवन परियारले सम्बोधन गर्नु भएको थियो भने कार्यक्रम युवा संयोजक सचिन तिमिल्सीनाले कार्यक्रमका बारेमा प्रकाश पार्नु भएको थियो ।


















